नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी सुहाङ नेम्बाङलाई बधाई दिँदै आफ्नो पार्टीले युवाहरूलाई अझ अगाडि बढाउँदै जाने बताएका छन्।
शनिबार भएको उपनिर्वाचनमा एमालेबाट चुनाव लडेका सुहाङ सोमबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार २७ हजार ७ सय ७२ मत ल्याएर विजयी भएका हुन्। उनी पछि नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का २१ हजार ९ सय ४२ मत पाएर पराजित भए।
आफ्ना उम्मेदवार फराकिलो मतान्तरले विजयी भएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले खुसी हुँदै इलामेली जनतलाई धन्यवाद दिएका छन्।
ओलीले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाम्रो पार्टीले नेतृत्वमा युवाहरूलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरूलाई अझ अगाडि बढाउँदै जाने छ।’
405
Shares
प्रतिक्रिया