एकीकृत समाजवादीका नेता झलनाथ खनालको गृह जिल्ला इलाममा भर्खरै सकिएको उपनिर्वाचनमा सो पार्टीका उम्मेदवारले लज्जाजनक हार बेहोरेका छन्।
इलाम २ मा भएको उपनिर्वाचनमा एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर लिम्बूले जम्मा चारसय ८ मत मात्रै पाएका हुन्। उनको जमानत पनि जफत भएको छ।
इलाम २ मा एकीकृत समाजवादीले एमालेलाई समर्थन गर्न अस्वीकार गरेर आफ्नो पार्टीबाट छुट्टै उम्मेदवार खडा गरेको थियो।
०७९ साल मंसिर ४ गते भएको निर्वाचनमा खनाल आफैँ इलाम १ मा पराजित बनेका थिए। त्यतिबेला इलाम १ मा एमाले उम्मेदवार महेश बस्नेत २५ हजार ७५३ मतसहित विजयी हुँदा खनालले २३ हजार ८९ मत पाएका थिए।
72
Shares
प्रतिक्रिया