नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा आफूले लिने बताएका छन्। मंगलबार इलाम–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका सुहाङको पछि आफू रहेको ओलीले बताए।
सदरमुकाम इलाम बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘इलामको विकासको जिम्मा सुहाङले, सुहाङको पछि म छु, सुहाङले यहाँको जिम्मा लिनुहुन्छ, सुहाङको जिम्मा हामी लिन्छौँ।’
यसअघि मंगलबारे र चुलाचुलीको सभामा पनि यही कुरा बताएका थिए। सो स्मरण गर्दै उनले पुनः यहाँको विकासको जिम्मेवारी लिएको बताए।
‘म यसै पटक पटक इलाम आएको होइन,’ उनले भने।
इलामको चियाको लागि आफूले समस्या समाधानका लागि पहल गरेको पनि स्मरण गरे। ‘मैले चुलाचुली र मंगलबारेमा गरेका संकल्प चुनावी स्टन्ट होइन,’ उनले भने, ‘मैले बोलेको कुराहरू जानेबित्तिकै पूरा गर्नेगरी अघि बढाएको छु।’
इलाम–२ ले उपयुक्त उम्मेदवार छानेको ओलीले बताए।
Shares
प्रतिक्रिया