नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्व. सुवास नेम्वाङ जनताका लागि लड्ने योद्धा भएको स्मरण गर्दै उनका छोरा सुहाङ पनि योद्धा नै भएको दाबी गरेका छन्।
मंगलबार इलामको सदरमुकाम इलाम बजारमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै ओलीले ‘राजाको छोरा राजा’ भने सुहाङप्रति प्रहार भएको भन्दै सो आरोपको खण्डन गरे।
‘हरेक प्रश्नको जवाफ यहाँका नेताहरूले व्यवहारबाटै दिनुभएको छ। एमालेमा असन्तुष्टि हुन्छ, राजाको छोरो राजा भनियो,’ ओलीले भने, ‘कमरेड सुवास नेम्वाङलाई राजा बनाएर राजाको छोरो राजा बन्न लागेको भनियो। उहाँ त संविधानको निर्माता, एउटा सांसद, जनताका लागि लड्ने योद्धा हुनुहुन्थ्यो। योद्धाको छोरा योद्धा नभएर, बाघको छोरा बाघ नभएर स्याल हुन्छ त?’
उनले बलियो र सुदृढ राष्ट्रिय शक्ति चाहिएको भन्दै विदेशीको अघि उभिएर स्वाभिमान देखाउन सक्नुपर्ने बताए।
1.1k
Shares
प्रतिक्रिया