प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन्।
कुलपति समेत रहेका प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुव कुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा विजुकुमार थपलियालाई नियुक्त गरेका छन्।
साथै, प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरेर प्राज्ञिक प्रतिस्पर्धाका आधारमा नियुक्त गरिने घोषणा गरेका छन्।
उनीहरूलाई पनि सोही मेरिटोक्रेसी अनुसार नै नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन हुन्। गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुन्।
60
Shares
प्रतिक्रिया