सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पमकल दाहाल (प्रचण्ड) जाने भएका छन्।
भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउने भएपछि दार्मा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
दार्मा गाउँपालिका-३ मा नव निर्मित प्रशाकीय भवनको प्रचण्डले शुक्रबार बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले सूचना जारी गर्दै आज पालिकाभरी सार्वजनिक बिदा दिने निर्णय भएको जनाएका छन्।
18
Shares
प्रतिक्रिया