नेपाली कांग्रेस संसदीय दलको बैठकले रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेको छ।
आज बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई आफ्ना कुरा राख्न दिने निर्णय गरेको हो।
यसअघि संसदीय छानबिन समिति नबनाउँदासम्म कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्नसमेत दिएको थिएन।
अहिले केही लचक हुँदै कांग्रेसले बोल्न दिने तर उनीविरुद्ध संसदीय छानबिन समितिको माग भने यथावत् रहेको जनाएको छ।
यो समिति नबनाउँदासम्म भने सदनका काम कारबाही चल्न नदिने निर्णय कांग्रेस संसदीय दलले गरेको छ।
संसद्का बर्खे अर्थात् बजेट अधिवेशन आज सुरु हुँदैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज दिउँसो २ बजे बस्दै छन्।
93
Shares
प्रतिक्रिया