प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति नबनाइ सदनको कुनै पनि काम अघि नबढ्ने अडान कायम राखेको छ।
शुक्रबारको प्रतिनिधिसभा बैठकको सुरुमा महामन्त्रीसमेत रहेका सांसद गगन कुमार थापाले छानबिन समिति बनाएर आफूहरूलाई गलत सावित गर्न समेत आग्रह गरे।
‘छानबिन समिति बनाऔँ, तपाईंहरू नेतृत्व गर्नुहुन्छ। हामी सँगै बसेर हेर्छौं, हामीलाई गलत सावित गरिदिनुस्,’ थापाले भने, ‘हामी सहि छौँ भने हाम्रो कुरा जान्छ। त्यसपछि बाँकी रहेको काम अघि बढाऔँ भन्दैगर्दा हेप्न खोज्ने? पेल्न खोज्ने?,’
साथै, उनले संख्याको आधारमा हेपेर अघि बढाउन नखोज्न पनि चेतावनी दिए।
‘अहिले संख्याको आधारमा हेपेर, पेलेर सरकारको काम अघि बढाउँछौँ भन्ने ठान्नुभएको छ?,’ उनले भने।
42
Shares
प्रतिक्रिया