प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रहरी कार्यालय र अदालतमा यथेष्ट प्रमाणहरू भएको दाबी गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै सांसद समेत रहेका थापाले आफूले बोकेर पुगेका पत्रसमेत देखाए।
लामो समयदेखि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको कांग्रेसले बजेट अधिवेशनको सुरुको दिन पनि बैठक प्रभावित बनाएको थियो।
कांग्रेसले आफ्नो अडान छाडेको छैन। थापाले सहकारीबाट लामिछानेले लिएको ऋण, अपचलन गरेको पैसाको प्रमाण पेस गरौँ भन्दै प्रश्न गरे।
लामिछानेले सहकारी ठगी गरेको प्रमाण रुपेन्द्रेही प्रहरीले त्यहाँको जिल्ला अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको दाबी उनको थियो।
‘प्रहरी कार्यालय रुपन्देहीको गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएको प्रमाणहरू छन्। आफैँले माग फारम भरेर सहकारीबाट लिएको ऋणको प्रमाण पेस गरौँ? एक अर्ब रुपैयाँ पैसाको अपचलन गरेका प्र्रमाणहरू पेस गरौँ?,’ उनले भने, ‘कतिवटा प्रमाणहरु पेस गरौँ। मैले पेस गरेका प्रमाणहरू गलत हुन भनेर सावित गर्ने कुरा संसदीय समितिबाट कति मज्जा आउँथ्यो होला।’
Shares
प्रतिक्रिया