ad ad

राजनीति


अर्थमन्त्री खतिवडाले पाए सञ्चार मन्त्रालयको जिम्मा

अर्थमन्त्री खतिवडाले पाए सञ्चार मन्त्रालयको जिम्मा

नेपालखबर
फागुन ८, २०७६ बिहिबार १३:१३,

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थ मन्त्री युवराज खतिवडालाई दिएका छन्। त्यस्तै, सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई दिएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डरीले मन्त्री खतिवडालाई सञ्चार मन्त्रालय र नेम्वाङलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी हुन्।

गोकुल बाँस्कोटाले बिहीबार राजीनामा दिएपछि यी दुवै मन्त्रालय रिक्त भएको थियो। बाँस्कोटाले कमिसनका लागि बार्गेनिङ गरेको अडिओ बाहिरिएपछि बिहीबार राजीनामा दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .