ad ad

राजनीति


अमेरिकी कंग्रेस सदस्यसँग अर्थमन्त्रीले भनेः एमसीसी संसदबाट पास हुन्छ

अमेरिकी कंग्रेस सदस्यसँग अर्थमन्त्रीले भनेः एमसीसी संसदबाट पास हुन्छ

नेपालखबर
फागुन ८, २०७६ बिहिबार १४:५७,

अर्थमन्त्री डा. युवराज खतिवडासँग संयुक्त राज्य अमेरिकाको कंग्रेसका सदस्यद्वय जर्ज होल्डिङ र अमी बेराले बिहीबार अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका अवसरमा अर्थमन्त्री डा. खतिवडाले नेपाल अमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रुपमा गर्दै आएको सहयोगको लागि धन्यवाद दिए।

अर्थमन्त्री खतिवडाले एमसीसी अन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्धिविधा नभएको उल्लेख गर्दै सो सहायता सम्झौता संसदबाट अनुमोदन हुने विश्वास व्यक्त गरे।

खतिवडाले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराए। उनले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दैै यहाँ उत्पादन भएका बस्तुको बजारका लागि समस्या नहुने बताए।

विश्वका धेरै जनसंख्या भएका मुलुकहरु छिमेकी देश भएकोले विश्व वजारको केन्द्रविन्दुमा नेपाल भएको बताए। उनले गतवर्ष भएको लगानी सम्मेलनमा अमेरिकी निजी क्षेत्रको उत्साजनक सहभागिता रहेकोमा धन्यवाद समेत दिए।

अमेरिकी कंग्रेसका सदस्यद्वयले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन गएको धारणा राखेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .