ad ad

राजनीति


प्रधानमन्त्रीसँग भेटवार्तापछि रमेश लेखकले भने- हामी अरू निर्णय भोलि संसदीय दलबाट गर्छौँ (भिडिओ)

प्रधानमन्त्रीसँग भेटवार्तापछि रमेश लेखकले भने- हामी अरू निर्णय भोलि संसदीय दलबाट गर्छौँ (भिडिओ)

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १३:२१, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जेठ १ गते संसद् बैठकमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा सोमबार निर्णय गर्ने बताएको छ। 

आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्तापछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरू अडान यथावत् रहेको र यस विषयमा सोमबार बस्ने संसदीय दलको बैठकले अन्तिम निर्णय गर्ने बताएका हुन्। 

आइतबार बिहान प्रधानमन्त्री प्रचण्डसँग वार्ता गर्न लेखकसहित कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्ण सिटौला बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए।

प्रधानमन्त्री निवासबाट बाहिरिएपछि कांग्रेस सचेतक लेखकले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने आफूहरूको माग प्रधानमन्त्री सकारात्मक भएको दाबी गरे। 

‘हामीले सहकारी सन्दर्भमा जे कुरा उठाउँदै आएका छौँ, संसदीय छानबिन समिति गठन गर्ने कुरा हामीले प्रस्ट राख्यौँ प्रधानमन्त्रीजीसँग। प्रधानमन्त्रीजीले सकारात्मक ढंगले लिनुभएको छ’, उनले भने, भोलि हाम्रो संसदीय दल कार्यसमितिको बैठक दिउँसो १ बजे र दिउँसो २ बजे संसदीय दलको बैठक बस्छ, हामी अरू निर्णय संसदीय दलको बैठकबाट गर्छौँ।’ 

अगामी जेठ १ गते बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने तयारी गर्ने गरेको छ। 

तर कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबारे सहकारी प्रकरण  अनुसन्धानका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरिरहेको छ। 

भिडिओमा हेर्नुहोस् रमेश लेखकको भनाइ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .