ad ad

राजनीति


सभामुखसँगको छलफलपछि कांग्रेसले भन्यो– सरकारकै कोटमा बल छ

सभामुखसँगको छलफलपछि कांग्रेसले भन्यो– सरकारकै कोटमा बल छ

फाइल तस्बिर


नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १५:५७, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को गतिरोध अन्त्य गर्ने बल सरकारकै हातमा रहेको निष्कर्ष सुनाएको छ। 

आइतबार दिउँसो सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख सचेतक र सचेतकको छलफलमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान दोहो¥याएको बताए। 

‘कांग्रेसले उठाइरहेको विषयलाई नै मैले राखेँ। संसदीय छानबिन समिति हुनुपर्छ भनेर पुनःस्मरण गराएँ। संसद् भनेको प्रतिपक्षको हो, बढी चाहिन्छ। सत्तापक्षले संसद् अवरुद्ध हुने स्थिति निर्माण गरेर प्रतिपक्षीकाप्रति न्याय गरेको छैन,’ उनले भने। 

साथै, उनले भोलि (सोमबार) दिउँसोसम्म सरकार संसदीय छानबिन समिति बनाउने प्रस्ताव लिएर आउने बताए।

‘भोलि दिउँसोसम्ममा सरकार वा सत्तापक्षले छानबिन समिति बनाउने कुरालाई अघि लिएर आउनेछ,’ उनले भने। 

सरकारकै कोटमा बल भएको भनदै कसरी डिल गर्छ भन्नेमा आगामी कार्यक्रम तय हुने उनले बताए। 

‘बल नेपाल सरकारको कोटमा छ। सरकारले कसरी डिल गर्छ भन्नेमा आगामी कार्यक्रम तय हुन्छ। हामीले प्रधानमन्त्रीजीसँग जे कुरा गरेका थियौँ, त्यही कुरा राख्यौँ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .