ad ad

राजनीति


प्रचण्डको प्रस्टीकरण– जीबी राईलाई भगाएको हल्ला बेतुकका कुरा हुन्

प्रचण्डको प्रस्टीकरण– जीबी राईलाई भगाएको हल्ला बेतुकका कुरा हुन्

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १८:४७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जीबी राईलाई सरकारले नै भगाएको भन्ने हल्ला वाहियात रहेको टिप्पणी गरेका छन्। आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले पासपोर्टको सामान्य समस्या भएको र त्यसको समाधानको प्रयास भइरहेको जिकिर गरे। 

सञ्चारकर्मीले प्रचण्डलाई गृहमन्त्रीले त अघिल्लो सरकारले भगाएको भन्ने भन्नभुएको छ नि? भन्ने प्रश्न गरेका थिए। 

जवाफमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘वाहियात कुरा हो। त्यस्तो तर्क कसैले पनि गर्न हुँदैन।’

उनले अघि थपे, ‘जीबी राईलाई ल्याउनुपर्छ भन्ने कुरामा सरकार प्रष्ट छ। त्यो पासपोर्टको इस्युले गर्दा अलिकति समस्या मात्रै भएको हो। त्यसलाई हल गर्न खोजिँदैछ।’

उनले सरकार वा प्रधानमन्त्रीले राईलाई भगाएको कुरा बेतुकको भएको तर्क गरे। 

‘अघिल्लो सरकारले, प्रधानमन्त्रीले, अघिल्लो गृहमन्त्रीले भगायो भन्ने बेतुकका कुरा मात्रै हुन्,’ प्रधानमन्त्री प्रचण्डले भने। 

साथै, उनले मंगलबारसम्म संसदको गतिरोध हटाउने विषयमा सहमति हुने दाबी गरेका छन्। 

‘यदि सहमति भएन भने पनि कांग्रेसले राष्ट्रपतिलाई अवरोध गर्दैन भन्ने मलाई विश्वास छ,’ उनले भने, ‘सकेसम्म सहमति हुन्छ। सहमति होस् भन्ने कांग्रेसको चाहना छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .