ad ad

राजनीति


विद्यार्थी दिवसमा अखिलले २ दिने शैक्षिक गोष्ठी गर्ने

विद्यार्थी दिवसमा अखिलले २ दिने शैक्षिक गोष्ठी गर्ने

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार ९:४८, काठमाडौँ

नेकपा एकीकृत समाजावादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थी दिवसको अवसरमा गोष्टी गर्ने भएको छ। जेठ १ र २ गते गोष्ठी गर्न लागिएको अखिलले जनाएको छ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा आगामी मंगलबार र बुधबार हुने ‘आजको पूंजीवाद, शिक्षा प्रणाली र विद्यार्थी आन्दोलन’ विषयक गोष्ठीमा देशभरबाटसमेत विद्यार्थी सहभागी हुने अनेरास्ववियूकी अध्यक्ष आरती लामाले जानकारी दिइन्।

‘आफ्नो आन्दोलनको इतिहासको स्मृतिमा दिवस मनाउन लागिएको भए पनि गोष्टीमा नेपालको विद्यमान शैक्षिक प्रणालीका विविध आयामहरुमाथि गम्भीर छलफल हुनेछ,’ लामाले भनिन्, ‘गोष्ठीमा विद्यार्थी आन्दोलनको विगतको सिकाइ र आजको तयारीबारे गहिरो विमर्श हुनेछ।’

गोष्ठीको उद्घाटन एकीकृत समाजवादीका अध्यक्ष एवं  पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने कार्यक्रम छ। गोष्ठीमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित विभिन्न पार्टीका नेताहरूकोसमेत सहभागिता रहने छ।

गोष्ठीमा राजनीति र शिक्षा क्षेत्रका विज्ञ र विद्यार्थीहरु बीचमा अन्तरक्रियात्मक छलफल हुने छ।  

‘गोष्ठीमा खासगरी नेपालको शिक्षा प्रणालीमा विश्व पूँजीवादको प्रभाव, समाजवादी शिक्षा, शिक्षण विधि राजनीति र विचारको लडाइँ, विश्वविद्यालय जीवनमा नवउदारवादको प्रभाव तथा समाजवादी शिक्षाको आगामी बाटो जस्ता विषयहरुमा छलफल हुने छ,’ अध्यक्ष लामाले भनिन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .