ad ad

राजनीति


जसपा केन्द्रीय समिति बैठक सुरु

जसपा केन्द्रीय समिति बैठक सुरु

फाइल तस्बिर


नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १३:१९, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी विभाजन भएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो। 

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र महाधिवेशनबारे छलफल हुने पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए। 

अशोक राईसहित ७ जना सांसदहरूले पार्टी विभाजन गरेर नयाँ दल दर्ता गरेपछि उत्पन्न परिस्थितिबारे पनि बैठकमा छलफल हुने बताइएको छ। 

आइतबार बैठक सुरु हुनुअघि जसपा अध्यक्ष समेत रहेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजीनामा दिइसकेका छन्। 

त्यस्तै, जसपा नेतृत्वमा रहेको मधेस सरकारबाट पनि नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .