सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ। सरकारको नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा उनीहरूबीच सोमबार बिहान भेटवार्ता भएको सभामुखको सचिवालयले जनाएको छ।
मंगलबार साँझ ६ बजेका लागि संघीय संसद्को दुवै सदनको बैठक बोलाइएको छ।
सो बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
त्यसअघि दुवै सदनका प्रमुखहरूबीच छलफल भएको हो।
18
Shares
प्रतिक्रिया