ad ad

राजनीति


चितवनबाट फर्किएलगत्तै केपी र रविसँग छलफलमा प्रचण्ड

चितवनबाट फर्किएलगत्तै केपी र रविसँग छलफलमा प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १७:२१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन्। 

आइतबार चितवन गएका प्रधानमन्त्री प्रचण्ड सोमबार काठमाडौँ फर्कनेबित्तिकै ओली र लामिछानेसँग छलफलमा जुटेका हुन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले उनीहरूबीच छलफल चलिरहेको छ। 

विशेषगरी संसद्को गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल चलिरहेको स्रोतले बतायो। 

भोलि (मंगलबार) साँझ ६ बजे संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ। 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम कांग्रेसले अवरोध नगरोस् भनेर दलहरू सहमतिको प्रयासमा छन्। 

कांग्रेसले गृहमन्त्री रवि लामिाछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् अवरोध गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .