ad ad

राजनीति


संसदीय दलको बैठकअघि गगन थापा र रमेश लेखक बालुवाटारमा

संसदीय दलको बैठकअघि गगन थापा र रमेश लेखक बालुवाटारमा

नेपालखबर
जेठ १, २०८१ मंगलबार ८:३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू आज (मंगलबार) पनि बालुवाटार पुगेका छन्। 

संसद्‌को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले कांग्रेससँग संवाद जारी राखेका हुन्। 

प्रधानमन्त्रीसँग छलफल गर्न महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायत कांग्रेसका नेता प्रधानमन्त्री निवास पुगेका हुन्। 

अहिले छलफल जारी रहेको जनाइएको छ। 

आज बस्ने स‌ंसद् बैठकमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न अहिले बिहान ९ बजे कांग्रेस संसदीय दलको बैठक बस्दै छ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले लगातार संसद् अवरुद्ध गरिरहेको छ।  

छानबिन समिति नबन्दासम्म संसद्‌मा जारी अवरोधलाई निरन्तरता दिने अडान लिएको कांग्रेसले यस विषयमा के कसरी प्रस्तुत हुने भनेर अहिले बिहान बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्ने तयारी गरेको छ। त्यसअघि कांग्रेस नेताहरूले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन्।

यसअघि हिजो सोमबार बिहान पनि कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग वार्ता गरेका थिए। आफूहरूको मागमा प्रधानमन्त्री सकारात्मक देखिएको दाबी कांग्रेस नेताहरूले गरेका थिए। 

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज दिउँसो ३ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .