ad ad

राजनीति


सरकारको नीति तथा कार्यक्रम आज, यस्तो छ कार्यतालिका

सरकारको नीति तथा कार्यक्रम आज, यस्तो छ कार्यतालिका

फाइल तस्बिर


नेपालखबर
जेठ १, २०८१ मंगलबार ८:४१, काठमाडौँ

सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत गर्दैछ। 

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंगलबार बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा नीति तथा कार्यक्रमको रिहर्सल हुनेछ।

दिउँसो साढे १२ बजे प्रमुख देवराज घिमिरेले सबै दलका सचेतकहरूसँग छलफल गर्नेछन्। 

त्यसैगरी दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको छ भने दिउँसो ३ बजे संयुक्त सदनको बैठक बस्ने छ। जुन बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। 

दुबै सदनको संयुक्त बैठक सकिएपछि आजै साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .