ad ad

राजनीति


राष्ट्रपतिलाई सुन्छौँ, सरकारका कुनै कार्यसूचीमा प्रवेश गर्दैनौँ : कांग्रेस

राष्ट्रपतिलाई सुन्छौँ, सरकारका कुनै कार्यसूचीमा प्रवेश गर्दैनौँ : कांग्रेस

नेपालखबर
जेठ १, २०८१ मंगलबार ११:४५, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद्मा ल्याएका कुनैपनि कार्यसूचीमा आफूहरू प्रवेश नगर्ने निर्णय गरेको छ। मंगलबार बिहान सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले नीति तथा कार्यक्रम राष्ट्रपतिलाई पढ्न दिने तर सरकारको कार्यसूचीमा प्रवेश नहुने निर्णय गरेको हो। 

पार्टीका प्रमुख सचेतक रमेश लेखकका अनुसार, संसद्मा सरकारले ल्याएका कार्यसूचीमाथि भएको छलफलमा कुनै पनि अवरोध आउँदा त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने निर्णय कांग्रेसले गरेको छ। 

‘हामीले नेपालको संविधान, गणतन्त्रात्मक पद्धति र राष्ट्रपतिको विशेष महत्वलाई हेरेर आजको संघीय संसद्को संयुक्त बैठकमा भाग लिन्छौँ। राष्ट्रपतिजीको सम्बोधनमा कुनै अवरोध हुँदैन,’ उनले भने, ‘राष्ट्रपतिलाई सुन्छौँ, तर त्यसपछि सरकारले ल्याएका कुनैपनि कार्यसूचीमा हामी प्रवेश गर्न सक्दैनौँ। त्यसबाट उत्पन्न विषयको सरकारले जिम्मेवारी लिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .