सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अघि संघीय संसद् भवनमा रिहर्सल गरिएको छ। मंगलबार दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुुत गर्ने कार्यसूची रहेको छ।
त्यसअघि उनको सवारीको रिहर्सल गरिएको हो। रिहर्सल कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, संसद सचिवालयका कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मी सहभागी थिए।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि संसद् भवनालाई सिंगारिएको छ।
69
Shares
प्रतिक्रिया