ad ad

राजनीति


सन्दीपका वकिलको बहस सकियो, जाहेरीवालाको जारी, आजै फैसला आउनसक्ने

सन्दीपका वकिलको बहस सकियो, जाहेरीवालाको जारी, आजै फैसला आउनसक्ने

नेपालखबर
जेठ १, २०८१ मंगलबार १६:४०, काठमाडौँ

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ जारी छ। 

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा भइरहेको सुनुवाइमा सन्दीपका वकिलको बहस सकिइसकेको छ। 

त्यस्तै, उच्च सरकारी वकिलको पनि बहस सकिइसकेको छ। अहिले सन्दीपविरुद्ध जोहरी दिएकी किशोरीको तर्फबाट बहस भइरहेको सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिए। 

न्यायाधीशले इजलासमा आजै यो मुद्दा टुंग्याउनुपर्छ भनेको उच्च अदालत पाटन स्रोतले जानकारी दिएको छ।

यसअघि पाँचपटक पेसी तोकेर पनि सुनुवाइ हुन सकको थिएन।

गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ।

उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन्। 

उता पीडित पक्षका तर्फबाट पनि किशोरी नाबालिग नै रहेको जिकिर गर्दै सन्दीपलाई अझ बढी सजाय हुनुपर्ने माग गरी पुनरावेदन परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .