ad ad

राजनीति


प्रतिनिसभा बैठकमा कांग्रेसको नाराबाजी

प्रतिनिसभा बैठकमा कांग्रेसको नाराबाजी

नेपालखबर
जेठ १, २०८१ मंगलबार १८:७, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक पनि अवरोध गरेको छ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमको धन्यवाद प्रस्ताव प्रस्तुत गर्न बसेको प्रतिनिसधभा बैठकमा कांगग्रेस सांसदहरूले नाराबाजी गरेका हुन्। 

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ। 

धन्यवाद सभा मात्रै भएकाले बैठक चल्न दिन सभामुखले आग्रह गरेपनि कांग्रेसले मानेको छैन।

सहकारी ठगलाई कारबाही गर, संसदीय मर्यादा कायम गर लगायतका नारा कांग्रेसका सांसदहरूले लगाइरहेका छन्। 

कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम भने प्रस्तुत गर्न दिएको थियो। यद्यपि सरकारको कुनैपनि कार्यसूचीमा प्रवेश हुन नदिने कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठक निर्णय गरेको थियो। 

यसअघि आजै बसेको राष्ट्रिय सभा बैठकमा पनि कांग्रेसले अवरोध गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .