ad ad

राजनीति


प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा छलफल

नेपालखबर
जेठ २, २०८१ बुधबार ९:५७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच बुधबार बिहान छलफल भएको छ।

संसद्‌को अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न सभामुख घिमिरे आज बिहान प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) पुगेका हुन्।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

त्यसपछि साँझ बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा  राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियो।

तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि दुवै सदनले राष्ट्रपतिलाई धन्यवाद दिन पाएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .