ad ad

राजनीति


छानबिन समिति बनाएर सहकारी ठगी गर्नेलाई कारबाही गर्न एकीकृत समाजवादीको माग

छानबिन समिति बनाएर सहकारी ठगी गर्नेलाई कारबाही गर्न एकीकृत समाजवादीको माग

फाइल तस्बिर


नेपालखबर
जेठ ३, २०८१ बिहिबार १२:२२, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन माग गरेको छ। पार्टी केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दोषीमाथि कारबाही माग गर्ने आफ्नो पार्टी बैठकले निर्णय गरेको बताए। 

गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नताको समाचार प्रकाशित भएको भन्दै छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाहीको माग गरिएको जानकारी गराए। 

‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधरण जनताको बचत अपचलन गरेर ठूलो  धनरासी दुरुपयोग गरी आर्थिक तथा वित्तिय अपराध गरेका दुःखद घटना सार्वजिनक भएका छन्,’ उनले भने, ‘यस सन्दर्भमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ। यो बैठक समग्र समस्या समाधानका लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गरियोस् भनि माग गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .