ad ad

राजनीति


सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १२:३८, काठमाडौँ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्। नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम पक्षको अवरोधकाबीच बिहीबार बसेको प्रदेश सभा बैठकमा उनले विश्वासको मत पाएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे।

सोडारीको पक्षमा नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिको रञ्जिता पक्षका २ र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशी मतदान गरेका हुन।

मतविभाजनमा २८ सांसद मात्रै सहभागी भए। नेपाली कांग्रेस, नाउपाको रेशम पक्ष र राप्रपा सांसद भने मतविभाजनमा सहभागी भएनन्।

कांग्रेस र नाउपाको रेशम पक्षले संसद बैठक नै अवरोध गरेको थियो। कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम पक्षको नाराबाजी र अवरोधकाबीच मुख्यमन्त्री सोडारीले प्रस्ताव पेस गरेका थिए। 

मुख्यमन्त्रीमा सोडारीको नियुक्ति असंवैधानिक भएको, नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको समर्थन नरहेको भन्दै कांग्रेस र नाउपाको रेशम पक्षले प्रदेश सभा बैठकमा नाराबाजी गरेको थियो। 

यसअघि बिहान १०ः१५ बजे बोलाइएको प्रदेश सभा बैठक उनीहरुको अवरुद्धपछि आधा घण्टा बैठक सारिएको थियो। यो बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन। 

६ वैशाखमा संघीय सरकारको सत्तारुढ गठबन्धनको समर्थनमा सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .