ad ad

राजनीति


कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिन्छ : ओली

कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिन्छ : ओली

फाइल तस्बिर


नेपालखबर
जेठ ३, २०८१ बिहिबार १३:४६, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवरुद्ध संसद् खुलाउन राजनीतिक दलहरूबीच छलफल भइरहेको बताएका छन्। 

बिहीबार (जेठ ३) बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन्। 

साथै, उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने पनि बताए। 

‘संसद खुलाउनका लागि छलफल भइरहेको छ। कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिन्छ नि, नदिएर हुन्छ? एउटा पार्लियामेन्ट मेम्बरलाई बोल्न नदिएर कहाँ हुन्छ र?,’ उनले भने।

रास्वपा सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बन्नुपर्ने कांग्रेसको माग छ। उता, सभापति लामिछानेले भने आफूले संसद्मा बोल्न पाउनुपर्ने माग राख्दै आएका थिए। 

कांग्रेसले अवरुद्ध संसद् खुलाएर गृहमन्त्रीलाई बोल्न दिने र त्यसपछि समिति बनाउनुपर्नेबारे आफ्ना माग राख्नेगरी रणनीति अख्तियार गरेको एक नेताले जानकारी दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .