सरकारले दुई जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ। बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठकले लोकनाथ पौडेल र राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय भएको हो।
पौडेल मधेस प्रदेशको कायममुकायम सचिव रहेका थिए भने मिश्र नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गत कार्यरत थिए।
सरकारकी प्रवक्ता तथा सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले बताएअनुसार, नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा प्राडा लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय भएको छ।
न्यूनतम परिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए।
बैठकमा नियुक्तिसम्बन्धी नै निर्णय बढी भएको प्रवक्ता शर्माले जानकारी दिइन्।
189
Shares
प्रतिक्रिया