प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका छन्।
कांग्रेसले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरिरहेको छ। तर, सभामुख घिमिरेले संसदको कार्यसूची अघि बढाएका हुन्।
उनी राष्ट्रपति कार्यालयबाट प्राप्त भएका पत्रहरू पढेर सुनाउन थालेका छन्।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा जोडिएको भन्दै कांग्रेसले निरन्तर संसद अवरोध गर्दै आएको छ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेससँग सहमति गर्नेगरी अपरान्ह ४ बजेका लागि बोलाइएको थियो।
४ बजेका लागि बोलाइएको बैठक ढिलोगरी सुरु भएको थियो।
126
Shares
प्रतिक्रिया