ad ad

राजनीति


संसद् बैठकमा कांग्रेस–एमाले आमनेसामने, तस्बिरहरू

संसद् बैठकमा कांग्रेस–एमाले आमनेसामने, तस्बिरहरू

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १८:४१, काठमाडौँ

बिहीबार साँझ दुई घन्टा ढिलोगरी सुरु भएको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमाले आमनेसामने भएको छ। 

प्रमुख प्रतिपक्षी दल कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच धकेलाधकेलसम्मको स्थिति बन्न पुगेको छ। 

गृहमन्त्री रवि लामिछानेलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि बैठकमा धकेलाधकेल भएको हो। 

सुरुदेखिनै नेपाली कांग्रेसका सांसदहरूले वेल घेराउ गर्दै आएका थिए। सभामुख घिमिरेले लगातार राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाए। 

त्यसपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरू थप आक्रोशित भएका हुन्। 

उनीहरुले रविलाई रोष्ट्रममा जानबाट रोक्न खोज्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भनाभन भयो। सभामुख घिमिरेले संसदको कारवाही अघि बढाएपछि कांग्रेसका सांसदहरुले नाराबाजी लगाएका थिए।

सबै तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .