ad ad

राजनीति


गृहमन्त्री लामिछानेको पुकार- एकपटक बोल्न पाउनुपर्‍यो, त्यत्ति हो मागेको

गृहमन्त्री लामिछानेको पुकार- एकपटक बोल्न पाउनुपर्‍यो, त्यत्ति हो मागेको

फाइल फाेटाे


नेपालखबर
जेठ ३, २०८१ बिहिबार १८:५१, काठमाडौँ

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो माग भनेको संसद्‌मा एकचोटि बोल्नपाउनुपर्ने मात्र भएको बताएका छन्। 

आज पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्न नपाएका गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमार्फत गुनासो गरेका हुन्। 

साथै किन हो कुन्नि उनले मिडियाप्रति पनि आक्रोश पोखेका छन्।  

उनले लेखेका छन्, ‘एकपटक बोल्न पाउनुपर्‍यो, त्यत्ति हो मागेको। यति घिन लाग्दो  मिडिया ट्रायल?’

संसद्‌मा आज गृहमन्त्री लामिछानेले बोल्ने विषयमै कांग्रेस र सत्ता पक्ष एमालेका सांसदबीच धकेलाधकेलसमेत भएको थियो। 

गृहमन्त्री लामिछानेसमेत जोडिएका सहकारीको बचत अपचलन प्रकरण छानबिन गर्न संसदीय समितिको माग राख्दै कांग्रेसले संसद्‌मा निरन्तर विरोध गरिरहेको छ भने गृहमन्त्री लामिछानेलाई बोल्नसमेत दिइरहेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .