प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक जवाफ माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकपछि पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्रीसँग प्रश्न गरेका हुन्।
उनले जबरजस्ती संसद्मा नयाँ सिन क्रियट गर्न खोजेको बताए। सत्तापक्ष आफैँले यस्तो स्थिति सुरु गर्न खोजेको बताए।
‘हामी सम्माननीय प्रधानमन्त्रीज्यूको जवाफ चाहन्छौँ। प्रधानमन्त्रीज्यूले के चाहनुभएको हो?,’ उनले भने, ‘नेकपा एमाले त हिजैदेखि गर्न खोजेको देखियो। हिजो एउटा कार्यक्रम राखेरै सदनमा नयाँ केही बनाउनुपर्छ भन्ने चाहेको त बुझ्यौँ, तर प्रधानमन्त्रीज्यूले के चाहनुभएको हो? मुठभेड चाहनुभएको हो कि? हामी जवाफ चाहन्छौँ।’
भिडिओमा हेर्नुहोस्-
357
Shares
प्रतिक्रिया