नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ।
शुक्रबार बिहान साढे ८ बजे संसदीय कार्यसमिति र ९ बजे संसदीय दलको बैठक बोलाइएको कांग्रेसले जनाएको छ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदबीच धक्कामुक्की भएपछि संसद बैठक स्थगित भएको थियो। सभाभुख देवराज घिमिरेलले आज बिहान ११ बजे बस्नेगरी संसद्काे बैठक बोलाएका छन्।
संसद् बैठकअघि नै आफ्नो संसदीय दलको बैठक बसेर कांग्रेसले आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न लागेको हो।
21
Shares
प्रतिक्रिया