ad ad

राजनीति


नयाँ बानेश्वरमा छलफलमा जुटे नेपाली कांग्रेससहितका विपक्षी दलहरू

नयाँ बानेश्वरमा छलफलमा जुटे नेपाली कांग्रेससहितका विपक्षी दलहरू

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १२:२, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका संघीय संसद्का विपक्षी दलहरू छलफलमा जुटेका छन्। कांग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सहितका विपक्षी दलहरू छलफलमा जुटेका हुन्। 

संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दलको नेताको कार्यकक्षमा बैठक जारी छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको नामसमेत जोडिएको सहकारीको रकम अपचलन प्रकरण अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले केही दिनयता लगातार संसद् बैठक अवरुद्ध गरिरहेको छ। 

यसबीच उसले गृहमन्त्री लामिछानेलाई स‌ंसद्‌मा बोल्नसमेत दिइरहेको छैन। 

सोही विषयमा हिजो बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा पनि एमाले र कांग्रेसका सांसदबीच धकेलाधकेल भएको थियो।

आजको संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न विपक्षी दलहरू छलफलमा जुटेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .