ad ad

राजनीति


छानबिन समिति बनाउन विपक्षी दलहरू एकमत, ३ बुँदे समझदारी

छानबिन समिति बनाउन विपक्षी दलहरू एकमत, ३ बुँदे समझदारी

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १३:६, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा बसेको प्रतिनिधि सभामा विपक्षी बेञ्चका बस्ने दलहरूको बैठकले तीन विषयमा साझा समझदारी बनाएका छन्।

विशेषगरी सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एउकजुट भएको नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले नेपालखबरलाई जानकारी दिए।

कांग्रेस, जनता समाजवादी पार्टी नेपाल (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका प्रमुख नेताहरुसँग शुक्रबार (जेठ ४)मा संसद भवन नयाँ बानेश्वरमा छलफल भएको थियो।

‘सहकारी रकम अपचलनबारे संसदीय छानवीन समिति बनाउनुपर्नेमा हामी एक मत छौँ,’ छलफलमका सहभागी कांग्रेस उपसभापति खड्काले नेपालखबरसँग भने, ‘यसमा बटम लाइन नै बनाउने समझदारी बनेको छ।’

विपक्षी दलबीच बनेको समझदारी सभामुखलाई जानकारी गराएको उनले बताए।

‘जुन तरिकाले संसद चल्यो, त्यसमा हामी विपक्षी दलहरुको असहमति रह्यो। सभामुखले त्यस्तो परिस्थिति निर्माण हुने गरी, रोष्ट्रममा गएको, सबै अपोजिसनका माननीयहरु खडा भएका बेलामा हाउसलाई जवर्जस्ती चलाउने जुन काम गर्नुभयो, त्यो बेठिक भयो, त्यो अनुचित रहेको कुरामा सहमत भइयो।’

उनले थपे, ‘यी सबै प्रक्रियामा हामी सबै एकैठाउँमा छौँ भन्ने सन्देश लिएर पाँचै दलको तर्फबाट सभामुखलाई जानकारी पनि गराइयो, भन्नुपर्ने कुरा पनि भनियो।’

संसदीय समिति छानवीन समिति नबनेसम्म संसदका कुनैपनि प्रक्रिया अघि बढ्न नदिने निर्णय भएको लोसपाका बरिष्ठ नेता शरतसिंह भण्डारीले जानकारी दिए।

उनका अनुसार संसदलाई पेलेर चलाउन खोज्ने सभामुखको ध्यानाकर्षण गराउँदै संसदीय प्रक्रिया अपनाउन अनुरोध पनि गरिएको छ। 

‘हिजोको सदन बढाउने कोसिस गरेको विषयमा सदनको मर्यादामा असर पर्ने भएकोले यो विषमा सभामुखको ध्यानाकर्षण गर्ने, संसदीय समिति नबनेसम्म सरकारलाई कुनैपनि एजेण्डामा प्रवेश गर्न नदिने हामीबीच सहमति भएको छ’ भण्डारीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .