ad ad

राजनीति


विपक्षी दलको बैठकमा राप्रपाले भन्यो– गृहमन्त्रीले बोल्न पाउनुपर्छ, समिति बन्नैपर्छ

विपक्षी दलको बैठकमा राप्रपाले भन्यो– गृहमन्त्रीले बोल्न पाउनुपर्छ, समिति बन्नैपर्छ

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १३:१८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने बताएको छ।   

नयाँ बानेश्वरस्थित संसद् भवनभित्र नेपाली कांग्रेस दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकमा संसदीय छानबिन समिति बन्नुपर्ने र गृहमन्त्रीले आफ्ना कुरा राख्नुपर्ने बताएको राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै शाहीले भने, ‘राप्रपाको तर्फबाट गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने माग राखेका छौँ। गृहमन्त्रीले बोल्न पाउनुपर्छ। छानबिन समिति बन्नुपर्ने कुरामा हामी पछि हट्दैनौँ।’

यदी गृहमन्त्रीको भनाई सुनिसकेपछि चित्त नबुझ्दा त्यसको प्रतिवाद गर्न सकिने तर्क उनले पेस गरे। 

‘सुनिसकेपछि चित्त बुझेन भने प्रतिवाद गर्ने अर्को कुरा भयो,,’ उनले भने।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा बसेको प्रतिनिधि सभामा विपक्षी बेञ्चका बस्ने दलहरुको बैठकले तीन विषयमा साझा समझदारी बनाएका छन्।

विशेषगरी सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एउकजुट भएको नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले नेपालखबरलाई जानकारी दिए।

कांग्रेस, जनता समाजवादी पार्टी नेपाल (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका प्रमुख नेताहरुसँग शुक्रबार (जेठ ४)मा संसद भवन नयाँ बानेश्वरमा छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .