ad ad

राजनीति


न्यायपालिकाप्रतिको आस्थालाई थप उचो नबनाएसम्म हामी पनि विश्वासिलो बन्न सक्दैनौँ : प्रधानन्यायाधीश

न्यायपालिकाप्रतिको आस्थालाई थप उचो नबनाएसम्म हामी पनि विश्वासिलो बन्न सक्दैनौँ : प्रधानन्यायाधीश

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १५:१५, काठमाडौँ

प्रधानन्यायाधीश विश्वम्भरप्राद श्रेष्ठले न्यायपालिकाप्रतिको आस्थालाई थप विश्वासिलो र उचो बनाउनुपर्ने बताएका छन्।

शुक्रबार १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाप्रतिका आशंकाहरूको निवारण तथा भरोसायोग्य न्यायप्रणालीको विकासका लागि प्रयास गर्नुपर्ने बताए।

‘न्यायपालिकाप्रतिका आशंकाहरूको निवारण तथा भरोसायोग्य न्यायप्रणालीको विकासका लागि हामी सबैका प्रयासहरू त्यसतर्फ उन्मुख हुनु पर्दछ’ श्रेष्ठले भने, ‘न्यायपालिकाप्रतिको आस्थालाई थप विश्वासिलो र उचो नबनाएसम्म हामी कोही पनि विश्वासिलो बन्न सक्दैनौँ।’

यस्तै, उनले बार र बेन्चको भूमिका फरक भएपनि एउटै साझा लक्ष्य न्यायको शुनिश्चितता र न्यायपूर्ण समाजको प्रत्याभूति हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘मैले यसभन्दा अगाडि पनि भन्दै आएको छु कि, अदालत र बार एसोसियसन तथा न्यायाधीश र कानुन व्यवसायीका भूमिका केही फरक रहेपनि सबैको लक्ष्य वा गन्तब्य एउटै हो। त्यो हो, न्यायको सुनिश्चितता र न्यायपूर्ण समाजको प्रत्याभूति।’

प्रधानन्यायाधीश श्रेष्ठले कानुन व्यवसायी र न्यायाधीश एक अर्काको परिपुरक भएको बताए।

‘स्वतन्त्र, निश्पक्ष, सक्षम र जनआस्थामा आधारित न्यायपालिका बिनाको कानुन व्यवसायी तथा सबल, व्यवसायिक र सुदृढ कानुन व्यवसायी बिनाको न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’ उनले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .