ad ad

राजनीति


आइतबारको बैठक सौहार्द हुन्छ : सभामुख

आइतबारको बैठक सौहार्द हुन्छ : सभामुख

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १५:४६, काठमाडौँ

सभामुख देवराज घिमिरेले आगामी आइतबार बस्ने संसद् बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्। शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजे पनि बस्न नसकेपछि आइतबारसम्मका लागि स्थगित गरिएको छ। 

आइतबार बिहान ११ बजे बस्ने सो बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास सभामुखले लिएको उनको सचिवालयले जनाएको छ। 

साथै, शुक्रबारको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी दलका नेताहरूसँगको संवादपछि स्थगित भएको जनाइएको छ। 

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेताहरूसँग संवाद गरेपछि सभामुखले बैठक स्थगित गर्नुभएको हो,’ सभामुखको सचिवालयले भनेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिको टीओआर (कार्यादेश)मा सहमति नजनाउँदा बिहीबारको सहमति भाँडिएको थियो। 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले निरन्तर समिति बनाउनुपर्ने मागसहित संसद् अवरोध गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .