ad ad

राजनीति


कार्यदलमा टीओआरबारे मिलेन कुरा, प्रतिनिधिसभा बैठक अन्योलमा

कानुन मन्त्रालयको छलफलमा पुगे रमेश लेखक
कार्यदलमा टीओआरबारे मिलेन कुरा, प्रतिनिधिसभा बैठक अन्योलमा

नेपालखबर
जेठ ६, २०८१ आइतबार ११:२८, काठमाडौँ

सहकारी रकम अपचल छानबिन गर्न समिती बनाउन सत्तारुढ दल र प्रतिपक्षी दलबिच सहमती जुटेपनिछानबिन समितिको क्षेत्राधिकार विषय पेचिलो बन्ने देखिएको छ।

समितिको टीओआर (कार्यादेश) बनाउन बनेको कार्यदलमा सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक आज पनि अन्योलमा पर्ने देखिएको छ। 

आइतबार बिहानैबाट कार्यदलका सदस्यहरू छलफलमा जुटेका थिए। यद्यपि उनीहरूबीच बिहान ११ बजेसम्म पनि सहमति जुटन सकेको छैन। 

स्रोतका अनुसार, कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि छलफलमा सहभागी हुन पुगेका छन्।

चार सदस्यीय कार्यदलको बैठक आइतबार बिहानदेखी जारी छ। तर क्षेत्राधिकारका विषयमा काङ्ग्रेससंग कुरा मिल्न नसकेपछी अहिले काङ्ग्रेस प्रमुख सचेतक रमेश लेखक नयाँ बानेश्वरबाट सिंहदरबार पुगेका छन्।

संसद सचिवालयका एक अधिकारीले नेपालखबरलाई बताए अनुसार, कार्यदलमा कुरा नमिली संसद चल्ने सम्भावना कम छ।

‘उता टीओआरबारे सहमति नभइ यता बैठक नबस्ने भन्ने छ, कार्यदलमा सहमति नभएपछि अहिले रमेश लेखक सिंहदरबार पुग्नुभएको छ,’ ती सदस्यले भने, ‘उताबाट सहमति भएन भने आजको हाउस पनि नबस्न सक्छ।’

यसअघि शनिबार बेलुकी प्रमुख प्रतिपक्षी दलसँग सत्तारुढ दलका नेताबीच समिति बनाउने सहमति भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .