प्रतिनिधिसभाको बैठक पुनः सारिएको छ। आजै दिउँसो साढे ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।
आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो।
संसदीय छानबिन समिति बनाउने सहमति गरेका सत्तापक्ष र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच समितिको टीओआर कस्तो बनाउने भन्नेबारे आइतबार बिहानैबाट छलफलमा छन्।
यद्यपि सहमति जुटिसकेको छैन।
72
Shares
प्रतिक्रिया