ad ad

राजनीति


जीबी राईले गरेका फोहोर मैले सोर्नुपर्छ भन्ने छैन : लामिछाने

जीबी राईले गरेका फोहोर मैले सोर्नुपर्छ भन्ने छैन : लामिछाने

नेपालखबर
जेठ ६, २०८१ आइतबार १९:०, काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्क प्रालिको कुनैपनि ऋण लिने प्रक्रियामा आफू संलग्न नभएको दाबी गरेका छन्। 

आइतबार प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर बोल्दै लामिछानेले आफ्नो संलग्नता भएको भए अनुसन्धानमा देखिनुपर्ने जिकिर गरे। 

‘मेरो संलग्नता भएको भए, अनुसन्धानको मिसिलमा खुल्नुपर्ने होला। पक्राउ प्रतिवादीहरूले मेरो संलग्नता रहेको भन्दै बयान लिनुपर्ने होला, मैले ऋण लिएको कागजपत्रबाट पुष्टि हुनुपर्ने होला। सहकारीले रवि लामिछाने नाम उल्लेख गरी खडा गरेको भौचरकै आधारमा म दोषी हुनुपर्ने?,’ उनले भने। 

साथै उनले  गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जीबी राईले गरेको फोहोर आफूले नसोहोर्ने बताए। 

‘विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रालिको कुनैपनि ऋण लिने प्रक्रियामा मेरो कुनै संलग्नता छैन,’ उनले अघि भने, ‘जीबी राईले गरेको सारा फोहोर मैले सोहोर्नुपर्छ भन्ने छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .