ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्ति–बजेटमा अपेक्षा अनुरुप रुपान्तरण गर्न सकिएन

प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्ति–बजेटमा अपेक्षा अनुरुप रुपान्तरण गर्न सकिएन

नेपालखबर
असार ६, २०८१ बिहिबार २१:२८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले बजेटमा आफूले अपेक्षा अनुरुप रुपान्तरण गर्न नसकेको स्वीकारेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उनले संसदको कारबाही नियमित हुन नसक्दा त्यो पूरा हुन नसकेको बताएका हुन्।

‘संघीय संसद्मा नीति तथा कार्यक्रममा पर्याप्त छलफल भएर बजेट निर्माण हुने अपेक्षा गरिए पनि संसदको कारबाही नियमित रुपमा सुचारु हुन नसक्दा, नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रक्रियामा हामीले अपेक्षा गरे अनुसारको रुपान्तरण गर्न भने सकेनौँ,’ उनले भने।

तर, बजेट निर्माण गर्दा सबैपक्षसँग छलफल गरेर तालमेल कायम गर्ने पुरा कोसिस सरकारले गरेको प्रधानमन्त्री प्रचण्डले जिकिर गरे।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .