ad ad

राजनीति


ओलीकै उपस्थितिमा वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय : झलनाथ

ओलीकै उपस्थितिमा वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय : झलनाथ

सागर न्यौपाने
फागुन १४, २०७६ बुधबार १०:१,

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीकै उपस्थितिमा सर्वसम्मत रुपमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको बताएका छन्।

बुधबार सचिवालय बैठकले गौतमलाई राष्ट्रिसभामा लैजाने निर्णय गरेको थियो। तर, सो निर्णयलाई प्रधानमन्त्री ओलीले उल्ट्याइदिएको चर्चा चलेको थियो।

तर, खनालले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय प्रधानमन्त्री ओलीको समेत चाहनामा भएको हुनाले निर्णय उल्टिने सम्भावना नरहेको बताए।

सचिवालय बैठकमा सबै नेताले गौतमको नाममा सहमति जनाएको खनालले बताए।

‘सचिवालय बैठकमा पार्टी अध्यक्ष ओली नहुने कुरै भएन, गौतमको नाममा कसैले पनि असहमति जनाएका छैनन्,’ उनले भने, ‘त्यसबारे केही आएका छन् भने त्यो गलत हो।’

यसैबीच सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले पनि प्रधानमन्त्री ओलीले निर्णय उल्ट्याएको भन्ने हल्ला गलत भएको बताए।

‘पार्टी सचिवालय बैठकले गरेको निर्णय अध्यक्षले उल्ट्याउने भन्ने हुनै सक्दैन, यदि त्यस्तो हल्ला चलेको हो भने त्यो गलत हो,’ श्रेष्ठले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .