ad ad

राजनीति


पार्टी बैठकमा प्रचण्डले भने– जनतासँगको कडी टुटेको थियो, ऐतिहासिक अवसर मिल्यो

पार्टी बैठकमा प्रचण्डले भने– जनतासँगको कडी टुटेको थियो, ऐतिहासिक अवसर मिल्यो

फाइल तस्बिर


नेपालखबर
साउन ११, २०८१ शुक्रबार १७:२८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरिएसँगै आफूहरूका लागि जनतासमक्ष पुग्नका लागि ऐतिहासिक अवसर मिलेको बताएका छन्। 

शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। 

पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका अनुसार, शुक्रबार ४ घन्टासम्म बसेको बैठकमा प्रचण्डले लामै ब्रिफिङ गरेका थिए। 

‘हामीले सरकारमा रहेर भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्षमा, जनतालाई सेवा दिने, अन्तर्राष्ट्रिय जगतमा कूटनीति मिलाउने कुरामा राम्रो पहलकदमी लिएका थियौँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘यसले हामीलाई ठूलो ऐतिहासिक अवसर जुटेको छ। जनतासँगको कडी टुटेको थियो। वर्गसँगको सम्बन्ध कमजोर भएको थियो। निकै ठूलो ऐतिहासिक अवसर प्राप्त भएको थियो।’

आजको बैठकमा ५ जना पदाधिकारीले आफ्ना कुरा राखेका थिए। 

उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, राम कार्की, चक्रपाणी खनाल, हितराज पाण्डे, वर्षमान पुनले आजको बैठकमा भनाइ राखेको उनले बताए। 

‘गम्भीर समीक्षा भएको छ। हामीले विचारको विकास पनि गर्नुपर्छ। विचारको संश्लेषण गर्दै राजनीतिक कार्यदिशा तयार गर्नुपर्छ,’ बैठकमा सदस्यहरूले राखेको संश्लेषण सुनाउँदै उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .