ad ad

राजनीति


‘तिलगंगा र ख्वप विश्वविद्यालय विधेयक संसदमा दर्ता हुने चरणमा’

‘तिलगंगा र ख्वप विश्वविद्यालय विधेयक संसदमा दर्ता हुने चरणमा’

नेपालखबर
साउन १३, २०८१ आइतबार १९:४६, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ख्वप विश्वविद्यालय विधेयक संसदमा दर्ता हुने चरणमा रहेको बताएकी छन्।

आइतवारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले यस्तो बताएकी हुन्।

उनले तिलगंगा विश्वविद्यालय विधेयक सरकारले फिर्ता लिएको हो की भन्ने प्रश्न आएको भन्दै संसदमा दर्ता भइसकेको जानकारी दिइन्।

उनले विश्वविद्यालय सञ्चालनमा देखिएका व्यवहारिक पक्षहरु आज विश्वविद्यालय भित्र अवरोधको रुपमा देखिएको भन्दै आगामी दिनमा भोग्न नपर्ने गरी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको नीति निर्माण गर्ने बताइन्।

उनले उच्च शिक्षा ऐन र प्रतिष्ठानहरुको एकीकृत ऐन मन्त्रालयले मस्यौदा तयार गरिरहेको पनि बताइन्। मन्त्री भट्टराईले छिटै नै संसदमा पेस हुने पनि जानकारी दिइन्।

उनले भनिन्, ‘तिलगंगा विश्वविद्यालय सरकारले फिर्ता लियो की भन्ने प्रश्न थियो, यो विधेयक संसदमा प्रवेश गरिसकेको कुरा म मान्यज्यूहरूलाई अवगत गराउन चाहन्छु। ख्वप विश्वविद्यालय विधेयक पनि दर्ता हुने चरणमा छ। उच्च शिक्षा ऐन र प्रतिष्ठानहरुको एकीकृत ऐन मन्त्रालयले मस्यौदा तयार गरिरहेको छ। यसलाई हामीले कसरी संसदमा प्रवेश गराउने भन्नेमा पनि हामी छलफल गरेर एउटा सोच बनाएर अघि बढ्नसक्छौँ।’

मन्त्री भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई परिष्कृत गर्न मन्त्रालयले अझै आवश्यक काम गर्ने बताइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .