प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र त्यही कारण पनि यो सफल भएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै ओलीले भने, ‘हाम्रो शान्ति प्रक्रिया होमग्रोन हो। हामीले आफ्नै हिसाबले अगाडि बढाएका हौं। यो मौलिक छ। त्यही कारणले होला यो सफल छ।’
प्रधानमन्त्रीले दुनियाँका लागि पनि नेपालको शान्ति प्रक्रिया नमुना भएको जिकिर गरे। ‘दुनियाँका लागि एउटा नमुनाका रुपमा शान्ति प्रक्रिया, द्वन्द्वलाई व्यवस्थापन गर्ने प्रक्रियालाई अगाडि बढाएका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘१८ वर्ष बितिसकेको छ। यो वर्षमा हामीले द्वन्द्व व्यवस्थापनका सन्दर्भमा थुप्रै उपलब्धी हासिल गरेका छौं।’
भिडिओ हेर्नुहोस्
21
Shares
प्रतिक्रिया