पूर्वउपसभामुख एवं नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने तयारी भएको छ। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशहरण महतले उनलाई कांग्रेसको तर्फबाट राजदूत सिफारिस गर्न लागिएको जानकारी दिए।
यादवलाई सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले राजदूतमा सिफारिस गर्नेछ। यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेसकै नेतृ कान्ता रिजालको नाम विवादका कारण काटिएपछि उक्त ठाउँ रिक्त थियो।
सरकारले गरेको राजदूत सिफारिस समावेशी नभएको भन्दै आलोचना भइरहेका बेला कांग्रेसले आफ्नो कोटाबाट मधेसी समुदायकी यादवलाई राजदूत बनाएर पठाउन लागेको हो।
135
Shares
प्रतिक्रिया