सरकारले पूर्वउपसभामुख एवं नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गरेको छ।
बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।
यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेसकै नेतृ कान्ता रिजालको नाम विवादका कारण काटिएपछि उक्त ठाउँ रिक्त थियो।
सरकारले गरेको राजदूत सिफारिस समावेशी नभएको भन्दै आलोचना भइरहेका बेला कांग्रेसले आफ्नो कोटाबाट मधेसी समुदायकी यादवलाई राजदूत बनाएर पठाउन लागेको हो।
संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्ति दिनेछन्।
285
Shares
प्रतिक्रिया