ad ad

राजनीति


संवैधानिक निकायका रिक्त सबै पदमा चाँडै नाम सिफारिस गर्नुपर्नेमा प्रचण्डको जोड

संवैधानिक निकायका रिक्त सबै पदमा चाँडै नाम सिफारिस गर्नुपर्नेमा प्रचण्डको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीली संवैधानिक परिषद्को बैठक राख्नेबारे बिहीबार बालुवाटारमा आयोजना गरेको छलफलमा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिरः प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
भदौ २७, २०८१ बिहिबार १२:५४, काठमाडौँ

पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकायमा रिक्त सबै पदमा चाँडै नाम सिफारिस गर्नुपर्नेमा जोड दिएका छन्। 

संवैधानिक परिषद् बैठकको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बिहीबार बिहान छलफल गरेका थिए।

उक्त छलफलमा प्रचण्डले सम्भव भएसम्म सबै संवैधानिक निकायमा भोलि नै नाम सिफारिस गर्नुपर्नेमा जोड दिएको उनको सचिवालयले जानकारी दिएको छ। 
‘बैठकमा अध्यक्ष प्रचण्डबाट संवैधानिक निकायमा सम्भव हुन्छ भने भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त भयो,’ सचिवालयले भन्यो।

संवैधानिक परिषद्‍मा प्रमुख प्रतिपक्षी दलका नेता पनि सदस्य हुन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .